बैशाख २३, २०८१, आइतबार
               

आज पनि देशभर भारी वर्षा हुने

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसमबारे जानकारी गराएको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार सोमबार दिउँसो  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका पूर्वानुमानमा उल्लेख छ । सोमबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । 

र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि