काठमाठौं । विभिन्न देशमा श्रम गर्न जादा विदेशमै निधन भएका नेपालीको शवसमेत ल्याउने क्रम सुरु भएकाे छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ ।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, युएई र साउदीबाट एक/एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको छ ।
यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी छ ।