असोज ०६, २०८१, आइतबार
               

फर्जी श्रम सम्झौता बनाएर दुबई पुर्‍याइएकी सन्जुको बिचल्ली

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

म्वानपावरले चेतावनीको शैलीमा भन्यो ‘त्यहाँ जे जस्तो काम लगाइन्छ, चुपचाप त्यही गर्नु । जे जति तलब दिइन्छ, चुपचाप त्यति लिनु, नत्र अर्काको देशमा अफ्ठेरो होला ।’ 

चितवनकी सन्जु लामा तामाङ गत फेब्रुअरी २६ मा दुबई उडिन् । दुबईकै एक कम्पनीमा क्लिनर कामको लागि भनेर म्यानपावरले पठाएको थियो । ललितपुरस्थित गल्फ ईनोभिजन म्यानपावरले उनीसँग एक लाख रुपैयाँ लिएको थियो । सुरुमा एक लाख तीस हजार रुपैयाँ मागे पनि सन्जुले एक लाख दिइन् । बाँकी पैसा पछि दिनुपर्ने म्यानवापरले सर्त राख्यो ।

उनी भन्छिन् ‘मासिक पारिश्रमिक १ हजार ४ सय रियालमा एग्रिमेट गराइएको थियो । ८ घण्टा काम, बाँकी ओभर टाइम र हप्तामा एक दिन बिदा भनिएको थियो । तर दुबई पुग्दा वास्तविकता अर्कै रहेछ । न त काम भनेजस्तो, न त पारिश्रमिक नै एग्रिमेन्टमा उल्लेख भएअनुसार थियाे ।’

दुबई पुगेपछि सन्जु पहिलो दिन काममा गइन् । काम, पैसा, सेवा सुविधा केही नभएपछि उनी दोस्रो दिनपछि काममा गइनन् । आफू गएको म्यानपावरलाई सम्पर्क गरेर गुनासो राखिन् । तर नेपालबाट म्यानपावरले उल्टो चेतावनीको शैलीमा भन्यो ‘त्यहाँ जे जस्तो काम लगाइन्छ, चुपचाप त्यही गर्नु । जे जति तलब दिन्छ, चुपचाप त्यति लिनु , नत्र अर्काको देशमा अफ्ठेरो होला ।’ 

फोन गरेर म्यानपावरमा सन्जुले पटक–पटक आफ्नो गुनासो सुनाउँदै आइन् । तर म्यानपावरले उनको समस्या नजरअन्दाज गर्दै आयो । आफूले हार गुहार गर्न म्यानपावरमा आमा-बुबा पठाएको पनि सन्जु बताउँछिन् । तर म्यानपावरले केही नसुनेको उनको गुनासो छ । ‘एग्रिमेन्टमा भनिएजस्तो भएन, मैले यहाँ काम गर्दिन भनें । मलाइ नेपाल पठाउनुस् भने यताको कम्पनी, उताको म्यानपावर कसैले पनि अहिलेसम्म केही वास्ता गरेको छैन । उल्टै कम्पनीले पासपोर्ट खोसेर राखिदिएको छ,’ उनले भनिन् ।

उनी काममा नगएपछि कम्पनीले पासपोर्ट समेत खोसेर राखेको छ । सन्जु भन्छिन् ‘अहिले बस्न दिएको छ, तर आजै निस्की, भोलि निस्केर जा भन्छ, जाने ठाउँ कतै छैन, खानको लागि समेत पैसा छैन, घरकाले पठाउन पनि उता कसैको आम्दानी छैन ।’

श्रम सम्झौता पनि फर्जी

सन्जुलाई विदेश जानुअघि श्रम सम्झौतामा हस्ताक्षर गराउन लगाइयो । जब म्यानपावरका प्रतिनिधिले उनलाई श्रमसझौता पत्र दिए, त्यो पत्रमा उनको फोटो थिएन । फोटो अरू कोही महिलाको थियो । तर नाम ठेगाना उनकै थियो । आफ्नै फोटो र नामको पत्र नआएसम्म विदेश नजाने आफूले बताए पनि म्यानपावरले भने हस्ताक्षर नगरे पनि विदेश ल्याएको सन्जु बताउँछिन् ।

‘मेरो आफ्नै फोटो भएको सम्झौतापत्र नभएसम्म म विदेश जान्न भनें, विदेशमा तपाइँकै फोटो भएको पत्र दिन्छ भन्यो, तर मैले मेरो कागज नभई म विदेश उड्दिन भनें, मलाई अनेक बहाना बनाएर विदेश आउन बाध्य बनाइयो, यहाँ आएपछि पुरानै अरुकै फोटो भएको सम्झौतापत्र दिइयो,’ सन्जुले भनिन् ।


सन्जु लामा तामाङ

उनी काममा नगएपछि कम्पनीले पासपोर्ट समेत खोसेर राखेको छ । सन्जु भन्छिन् ‘अहिले बस्न दिएको छ, तर आजै निस्की, भोलि निस्केर जा भन्छ, जाने ठाउँ कतै छैन, खानको लागि समेत पैसा छैन, घरकाले पठाउन पनि उता कसैको आम्दानी छैन । ’

आफूले यस विषयमा नेपाली दूतावासमा पटक-पटक गुनासो राख्दा पनि कसैले नसुनेको सन्जुको भनाई छ । उनी भन्छिन्, ‘मैले स्वदेश फर्कन पनि फाराम भरेकी थिएँ, तर मलाई अहिलेसम्म स्वदेश लग्नु त परैको कुरा मेरो समस्या समेत सुनिएकै छैन ।’

‘यो विषय वैदेशिक रोजगारी ठगी मात्रै होइन, यस्ता अपराधमा मानव वेचविखनसँग सम्बन्धित कानुन बमाेजिम कारबाही गर्छौं’ विभागका प्रवक्ता गुरागाईंले भने ।

कारबाही गर्छौँ: वैदेशिक रोजगार विभाग

अरूको फोटो भएको फर्जी सम्झौतापत्र जबरजस्ती थमाएर विदेश पठाउने वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई कारबाही हुने वैदेशिक रोजगार विभागले जनाएको छ । 'म्यानपावरले यस्तो ठगी गरेको उजुरी आए विभागले तुरुन्तै कारबाही गर्ने' विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले बताए ।

‘यस्तो अवस्थामा वैदेशिक रोजगारमा जानेले वा उनको परिवारको सदस्यले उजुरी दिएमा हामी तुरुन्त कारबाही गर्छौँ,’ उनले भने । सम्झौतापत्रमा जालसाजी गर्ने, सम्झौतापत्रमा हस्ताक्षर नगरी जबरजस्ती विदेश लगेर काममा लगाउने अपराधमा वैदेशिक रोजगार ठगीका साथै मानव बेचबिखन सम्बन्धी कानुन समेत आकर्षण हुने विभागको भनाई  छ ।

‘श्रम सम्झौता पत्रमा फोटो अरूको राख्ने, कामदारले एग्रिमेन्ट पेपरमा हस्ताक्षर नगरीकनै, जबरजस्ती लैजाने यो विषय वैदेशिक रोजगारी ठगी मात्रै होइन, यस्ता अपराधमा मानव बेचविखनसँग सम्बन्धित कानुन बमाेजिम कारबाही गर्छौं ’ विभागका प्रवक्ता गुरागाईंले भने ।


फर्जी श्रम सम्झौता

यो पनि