असोज ०६, २०८१, आइतबार
               

लकडाउन अवधिभरको शुल्क तिर्न प्याब्सन र एन–प्याब्सनको आग्रह

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले अभिभावकलाई लकडाउन अवधिभरको शुल्क तिर्न आग्रह गरेका छन् । 

दुवैले एकैसाथ विज्ञप्ति निकाल्दै अभिभावकलाई यस्तो आग्रह गरेका हुन् । 

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्नेजस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ ।’

साथै, उनीहरुले अनलाइन कक्षाको पनि शुल्क तिर्न अनुरोध गरेका छन् । 

सरकारले यसअघि चैत महिना र अनलाइन कक्षाको शुल्क नलिन आग्रह गरेको छ । 

तर, विद्यालयहरुले अभिभावकहरुलाई विभिन्न बाहनामा शुल्क सो अवधिको पनि शुल्क तिर्न दबाब दिँदै आइरहेका छन् । 

सो विज्ञप्तिमा सरकारले निजी विद्यालयका लागि राहत प्याकेज नल्याएकाले विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको उल्लेख छ । 

यो पनि