असोज ०६, २०८१, आइतबार
               

दुई घण्टाको काम दुई मिनेटमा !

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

पोखरा । कास्कीको नापी कार्यालयमा  सेवाग्राहीको भीड घटेको छ । कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए-“हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवग्राही मैत्री बनाउनका लागि  ‘नापी पोखरा एसओकेपी’  एप्सको ल्याएका थियौँ, यसको प्रयोग बढ्दै गइरहेको छ, कोरोना सङ्क्रमणको अवस्थामा सेवाग्राहीले यसको प्रयोेगबाट सेवा लिन थाल्नुभएको छ ।” 

पछिल्लो समय टोकन लिन, फारम भर्न, कित्ताकाट, हाल साबिक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रार उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिने काम एप्सबाट भएको बताए । विचौलियालाई रोक्न कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचाहरु एपमा उपलब्ध भएकाले सेवाग्राहीलाई सहज भएको उनको भनाइ छ ।

जग्गा प्रशासनको क्षेत्रमा  पहिलोपटक शुरु गरिएको सो एप्सले अहिले कोरोना रोकथाममा भीडभाड नियन्त्रण साथै समयको बचत अनि विचौलियाको बिगबिगी रोक्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए - “नक्सा लिन दुई घण्टा लाग्ने काम अहिले दुई मिनेटमा हुन थालेको छ, सेवाग्राहीले ‘रिक्वेस्ट’ पठाएर टोकन लिनुहुन्छ, त्यहीअनुसार आफ्नो काम र समय तोकेर सेवा प्रवाह हुन्छ”, उनले यसबाट कर्मचारी र सेवाग्राही दुवै लाभान्वित भएको बताए ।

उनका अनुसार नापी कार्यालयले बन्दाबन्दी खुकुलो भएपछि दुई सयभन्दा बढीलाई सेवा दिइसकेको छ भने अहिले आधाभन्दा बढी काम एप्सबाट हुने गरेको छ । कोभिड–१९ भन्दा अघि एप्सको प्रयोगाभ्यास त्यति हुन नसकेकामा अहिले एप्सको प्रयोग गर्ने बढ्न थालेका छन्  । कार्यालयमा बन्दाबन्दी अघि दैनिक दुई सय सेवाग्राही आउने गरेको तथ्याङ्क छ  । उनले बन्दाबन्दीमा पनि कार्यालय बन्द नगरी राष्ट्रिय योजनाका कामहरु आन्तरिक रुपमा गरिरहेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि