असोज ०६, २०८१, आइतबार
               

लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन हुँदै

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

नापी विभागले चितवनदेखि कन्चनपुरसम्मको भूमिको लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन कार्य सुरु गरेको जनाएको छ । 

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन तथा पूर्वानुमानका साथै विकास–निर्माणका गतिविधि सञ्चालन गर्न  अति उपयोगी हुने भौगोलिक सूचना उत्पादन गर्न थालिएको हो । 

जापान सरकारको एक अर्ब ३२ करोड अनुदान सहयोगमा सो कार्य  आगामी तीन वर्षभित्र भौगोलिक सूचना उत्पादनसम्बन्धी काम पूरा गर्ने लक्ष्यका साथ विभागले डेभलपमेन्ट अफ डिजिटल एलिभेसन एन्ड अर्थोफोटो परियोजनालाई अघि बढाएको छ । 

भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित सो प्रविधिको प्रयोगबाट अग्रिम सूचना प्रणाली स्थापना भई प्राकृतिक प्रकोप रोकथाममा सहयोग पुग्नेछ ।

नेपालले लाइडर प्रविधिको प्रयोग पहिलोपटक गर्न लागेको हो । 

यो पनि