काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ ।
नेपालमा बिहान १०:५० मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ ।
मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको थियो । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने खगोलविदहरु बताउँछन् ।
यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।
स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण ।