असोज ०६, २०८१, आइतबार
               

६ दिनदेखि रोकिएको स्वाब संकलन फेरि सुरु

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

कैलाली । सुदूरपश्चिम प्रदेशमा भिटिएम अभाव हुँदा रोकिएको स्वाब संकलन कार्य आइतबारदेखि सुचारु भएको छ । असार २ गतेदेखि रोकिएको स्वाब संकलन कार्य आइतबारदेखि पुनः सुरु भएको हो ।

शनिबार संघीय सरकारले सेतीका लागि दुई हजार भिटिएम किट उपलब्ध गराएको थियो भने प्रदेश सरकारले एक हजार किट खरिद गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालबाट मात्रै कोरोना परीक्षण हुँदै आएका कारण सबै भिटिएम सेती अस्पताललाई नै उपलब्ध गराइएको बताए ।

उनले एक दुई दिनमै पुनः दुई हजार भिटिएम खरिद गर्ने तयारी भइरहेको पनि बताए ।

भिटिएम उपलब्ध भएसँगै रोकिएको स्वाब संकलन आजदेखि पुनः सुरु गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले प्रदेशका ९ वटै जिल्लामा रहेका क्वारेन्टिनलाई मध्यनजर गरी स्वाव संकलन कार्य सुचारु गरिने बताए ।

प्रदेश सरकारसँग भिटिएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको थिएन ।

सेती अस्पतालसँग भिटिएम अभाव भएपछि स्थानीय तहले भिटिएमको जोहो गर्दै क्वारेन्टिनमा रहेका नागरिकको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा पठाएका थिए ।

६ दिनको अवधिमा सुदूरपश्चिम प्रदेशबाट दुई हजार बढी स्वाबको नमूना काठमाडौँ पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि