असोज ०६, २०८१, आइतबार
               

बरामद सुन बाँडिचुडी लिएको आरोपमा इन्सपेक्टरसहित चार प्रहरीविरुद्ध मुद्दा

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

अख्तियार दुरुपयोग अुनसन्धान आयोगले बरामद गरेको सुन आफूखुशी लुकाएको आरोपमा प्रहरी निरिक्षकसहित चार प्रहरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार गत पुस ११ गते रसुवाको टिमुरे प्रहरी कार्यालयमा खटिएर बरामद भएको सुन आफूखुशी बाँडिचुडी लिएको अभियोगमा प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित अरु तीनजना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

अख्तियारले लुकाएर राखेको सूचनाका आधारमा गरेको अनुसन्धानबाट ४२२ ग्राम सुन आफूखुशी बाँडेको पुष्टि भएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगले निरिक्षक नेपालसहित हवल्दारहरु रामशरण रिमाल, रामकाजी लामा र पुरुषोत्तम खत्रीविरुद्ध पनि जनही २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको हो ।

हवल्दार रिमालले ना ६ ख ४९३२ नम्वरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेको जानकारी हुँदाहुँदै निरिक्षक नेपालले सुन सहित आवश्यक कारवाही गर्नुपर्नेमा कार्यालयबाट बिना कारण आउटर बिदामा पठाएर पटक पटक सम्पर्कमा रहेको देखिएको कोइरालाले जानकारी दिए ।

घटना भएको सूचना बाहिरिएसँगै उनीहरुलाई निलम्बिन गरेर अनुसन्धान थालिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि