असोज ०६, २०८१, आइतबार
               

आज देशभरको मौसम कस्तो रहन्छ, भारी वर्षाको सम्भावना कुन क्षेत्रमा?

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा बनेको न्यून चापिय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेश धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

यो पनि