असोज ०६, २०८१, आइतबार
               

वाग्मती सरसफाइ अभियान जारी

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । वाग्मती एवं यसका सहायक नदी सफाइ गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको समय र असारे झरीका बाबजुत पनि अभियान्ताले सो नदी सफाइ गरेका हुन् । 

वाग्मती सफाइ महाअभियानको ३७१औँ हप्तामा पशुपति आर्यघाट र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा सफाइ महाअभियानलाई निरन्तरता दिइएको हो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलले पशुपति क्षेत्रमा सफाइ गरेकी थिइन् । 

यसैगरी शङ्खमूल क्षेत्रको वाग्मती किनारमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरियो ।

सो अवसरमा शङ्खमूल क्षेत्रको उद्यानमा रोपिएका बिरुवा गोडमेल गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय उद्यान क्षेत्रमा अभियानकर्मी रामप्रसाद पन्थीको अगुवाइमा सफाइ भएको थियो । 

वाग्मतीको मुहान क्षेत्रमा सफाइ गर्दैै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३३१औँ हप्ताको सफाइ अभियान जोरपाटी क्षेत्रको वाग्मती किनारमा सम्पन्न गरेको छ ।

मञ्चले मनैदेखि वाग्मती सफाइको अभियानलाई प्राथमिकता साथ अघि बढाएको अध्यक्ष उत्तम पुडासैनीले बताए ।

मञ्चले गुह्येश्वरीबाट सुन्दरीजलसम्मको भागलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ । यो भेगको वाग्मती सफाइ अभियान २०७० फागुन ३ गतेदेखि शुरु भएको हो ।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ६८औँ हप्तामा धर्मटार जोड्ने पुल क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिए ।

नदी किनारमा गई सफाइ गर्न नसक्नेले भने टोलटोलमा सफाइ गरेको जनाइएको छ ।

 विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीलगायत देशभरका मुख्य नदी र शहरमा सफाइको जागरण फैलिएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएपछि भने १५ गते नदी किनारमा सफाइ हुन सकेको थिएन । त्यस दिन पनि अभियानकर्मीले टोलटोलमा भने सफाइ गरेका थिए ।

त्यसपछिका हप्तादेखि भने नदी किनारमा निवास भएका अभियानकर्मीले नदीमै गएर सफाइ अभियानलाई निरन्तरता दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि