असोज ०६, २०८१, आइतबार
               

पहिरोले जिप पुर्दा दुईको निधन

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । पहिरोले जिप पुर्दा दुईजनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । 

गुल्मीमा झरेको पहिरोमा परी सो घटना भएको हो  जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी  दिएको छ । 

सो ग १ ज ३९९७ नम्बरको जिप शनिबार अपरान्ह धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा पहिरोमा पुरिएको हो । 

घटनाका घाइतेलाई उपचारका लागि अर्घाखाँचीतपर्फ लगिएको छ । जिपमा सवार अन्य सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । 

 सो जिप मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमरका लागि गएको थियो । 


कस्तो लाग्यो ?

यो पनि