असोज ०६, २०८१, आइतबार
               

चामे सडकखण्ड अवरुद्ध

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध गरेको छ । 

लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध गरेको हो  ।

गएराति  आएको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाकाे स्याँगे र मनाङस्थित नासों गाउँपालिका क्षेत्रमा सडक माथिबाट पहिरो खसेपछि सो सडक अवरुद्ध भएको हो । 

सडकखण्डअन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए ।

सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको उनले बताए ।

बेँसीसहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ। 


कस्तो लाग्यो ?

यो पनि