असोज ०६, २०८१, आइतबार
               

विरुवा उत्पादनका लागि २६ करोड सहयोग

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  ऋषिङ्गाउँपालिका–१ झापुटारस्थित निर्माणधीन तनहुँ जलविद्युत परियोजनाले  विरुवा उत्पादन गर्न २६ करोड आर्थिक सहयोग गरेको छ । 

आयोजनाले करिब चार सय १७ हेक्टर वन क्षेत्र सो परियोजनाको जलाशयले डुवानमा पार्ने र  एक लाख ८१ हजार विरुवा कटान गर्नुपर्ने भएपछि जलविद्युत आयोजनाले सो आयोजना गरेको हो । 

छुट्टै वृक्षरोपण गर्न साथै २५ गुणाले विरुवा उत्पादन गर्ने उद्देश्यले  परियोजनाले सो आर्थिक सहयोग गरेको जनाइएको छ । 

तीन हजार दुई सय चौवन्न हेक्टर क्षेत्रफलमा रोप्न पुग्ने विरुवा उत्पादन गर्न परियोजनाले आर्थिक सहयोग गरेको  कार्यालका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । 

परियोजनाले सहयोग गरेको सो रकममध्ये हाल दुई करोडबराबर खर्च भएको छ । उनले भने, यस वर्ष परियोजनाको नौ लाख र गण्डकी प्रदेश सरकारको एक लाख गरी दश लाखको लागतमा विरुवा उत्पादन गरिएको  हो ।’

सो रकमले सात वर्षको अवधिसम्म जिल्लामा करिब ५४ लाख विरुवा उत्पादन गर्ने योजना रहेको छ । 

हेर्दा वनजस्तो देखिने, तर आयआर्जन नदिने क्षेत्रमा फँडानी गरेर वृक्षरोपण गर्नका लागि दुई पक्षीय सहमति भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि