असोज ०६, २०८१, आइतबार
               

कालापानीबाट असार ७ को सूर्यग्रहण ९८ प्रतिशत ढाकेको देखिने

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडाैं । असार ७ गते लाग्ने सूर्य ग्रहण कालापानीलगायत क्षेत्रबाट ९८ प्रतिशतसम्म ढाकिएको देखिने खगोलविदले बताएका छन् । 

वरिष्ठ खगोलविद एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले असार ७ गते लाग्ने सूर्यग्रहण सो ठाउँबाट ९८ प्रतिशत ढाकिएको देखिने देखिने बताएका हुन् ।

तर, उनले सो सूर्यग्रहण काठमाडौंबाट ८८ प्रतिशतसम्म ढाकेको देखिने बताएका छन् । 

सो सूर्यग्रहण नेपालमा बिहान १०ः५५ देखि सुरु भई अपराह्न २ः२४ बजे समाप्त हुने बताइएको छ । 

ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने बताउँदै खगोलविदले त्यसदिन दुईपटक बिहान भएको महसुस हुने बताए । 


कस्तो लाग्यो ?

यो पनि