असोज ०६, २०८१, आइतबार
               

जब आँखा अघि शव आइपुग्यो (तस्विरसहित)

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हृदयविदार दृश्य देखियो । 

रोजगारीको लागि विदेशीएका नेपालीहरुको शव शुक्रबार काठमाडौं ल्याइयो । विभिन्न देशबाट एकैदिन २४ वटा शव ल्याइएको हो । 

शव बुझ्न विमानस्थल पुगेका परिवारका आँखाबाट आँसु झरिरहेका थिए । यहाँको दृश्य निकै दर्दनाक थियो ।

दिउँसो कतार एयरवेजले एकै पटक २० वटा शव ल्यायो ।

बिहानै हिमालय एयरलाइन्सले साउदीबाट भैरवबहादुर बस्नेतको शव ल्याइपुर्‍यायो । त्यसपछि कुवेतबाट दुई वटा र युएईबाट एउटा शव काठमाडौं आइपुग्यो । 

कतारबाट उडेको कतार एयरवेजमा ४३ यात्रु आएका थिए भने शव मात्र २० वटा ल्याइएको थियो ।

नेपालमा एकैपटक यतिधेरै शव आएको पहिलो पटक हो । 

उनीहरुले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन्। लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि धेरै नेपालीका शव विदेशमै रोकिएका छन् ।

नेपाल ल्याइएका शव वैदेशिक रोजगार बोर्डले घरसम्म पुर्‍याइदिनका लागि गाडीको व्यवस्था गरिदिएको छ। 

सात जनाका परिवारले भने काठमाडौंमै अन्त्येष्टि गर्ने भएका छन् ।

लकडाउनको अवधिमा विभिन्न देशमा झण्डै तीन सय शव रहेकोमा एक सय जति शव उतै अन्त्येष्टि गरिने भएको छ । 

नेपाल ल्याउनु पर्ने शव करिव दुई सय रहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशा राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि