बैशाख २०, २०८१, बिहीबार
               

‘छापा पत्रकारिता डाइनोसर बन्ने’

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता ‘डाइनोसर’ बन्ने अवस्थामा पुगेको बताएका छन् । 

पछिल्लो सयम विद्युतीय सञ्चारमाध्यम मौलाएको भन्दै उनले छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताए । 

युट्युव फस्टाइरहेकाले छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा पुगेको उनले बताए । 

पत्रकारहरुले तलब नपाएर आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरण रहेको पनि उनले बताए । 

उनले भने, ‘ अब कारण छापा माध्यमका पत्रकारले आफूले ‘अपग्रेड’ गर्न जरुरी छ ।’

विभिन्न कारणले गर्दा नेपालको विज्ञापन बजार ओरालो लागेको बताउँदै उनले सञ्चार क्षेत्र समस्यामा परेकाले अबको पत्रकारिता रगत र पसिना बगाएर गर्नुपर्ने बताए । 

साथै, उनले साहित्यलाई कसैले चासो नदेखाउँदा जेनतेन चलिरहेको बताए । 

उनले भने, ‘काउन्सिलले साहित्यिक पत्रकारिताको वर्गीकरण गरी केही हदसम्म सहयोग गरेका कारण अलि सहज बनेको छ ।’

यो पनि