असोज ०६, २०८१, आइतबार
               

पाक्ने बेलाको मकै कागले खाएर नष्ट

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

म्याग्दीमा पाक्ने बेलाको मकैबाली कागले खाएपछि यहाँका किसान हैरान भएका छन् । खेतबारीमा लगाएको मकै बाली र तरकारी बाली कागको बथानले नष्ट गरिदिएपछि यहाँका किसान रुनु न हाँस्नुको स्थितिमा छन् ।

जिल्लाको बेनी नगरपालिका वडा नं २ डाँडाखेत, अम्बोट लगाएतका क्षेत्रमा पाक्नै लागेको मकै, सिमीलगायत तरकारी बाली कागको बथानले नष्ट गरिदिएको स्थानीय कृषक सुनिल सापकोटाले बताए ।

सापकोटाका अनुसार डाँडाखेत र अम्बोट क्षेत्रमा मात्रै होइन खबरासम्म कागले पाक्नै लागेको मकैबाली खाएर र बोट ढलाएर नष्ट गरिदिएको छ। ‘हाम्रो मकै बाली कागले मासेर नष्ट गरिदियो, अब हामी उजुरी गर्न कहाँ जाने? सापकोटाले भने । ‘बिहान उज्यालो हुनेबित्तिकै खेतमा काग आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ' स्थानीय डिलबहादुर सापकोटाले भने ।

डाँडाखेतदेखि अम्बोटसम्मको हजारौँ रोपनी फाँटमा लगाएको मकैबाली नष्ट गरेपछि बगरफाँटको टाकुरानजिकै बस्ने भीमबहादुर विकले डाँडाखेतमा सानो झुपडी नै बनाएर काग धपाउन बसेका छन् ।

विक भन्छन्, ‘पशुले खाइदिएको भए अर्मल लिनु हुन्थ्यो, मान्छेले क्षति पुर्‍याइदिएको भए उजुरी गुर्नहुन्थ्यो, दण्ड तिराउन पाइन्थ्यो, कागले पो सखाप पारिदियो त, अब उजुरी गर्न कहाँ जाने हामी ?

पाक्न लागेको खेतीबाली कागको बथानलेनष्ट गरिदिएपछि स्थानीय कृषक आन्दोलन गर्ने मनशायमा पुगेका छन् ।


कस्तो लाग्यो ?

यो पनि