असोज ०६, २०८१, आइतबार
               

भारतले नाकामै रोकिदियो नेपाली उत्पादन बोकेका ट्रक

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

भारतले नेपाली उत्पादन बोकेका ट्रक नाकामै रोकिदिएको छ । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्णत हुन लागेको २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको हो ।

लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन नपाएको व्यवसायीले बताएका छन् । १५ दिनदेखि नेपाली उत्पादन निर्यात गर्ने प्रयत्न भइरहेको उनीहरुको भनाइ छ ।

भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिम समझदारीपछि नेपाली वस्तु भारत निकासी गर्न खोजिएको नेपाल–बंगलादेश चेम्बर अफ ट्रडर्सका संस्थापक पन्नलाल जैनले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि