असोज ०६, २०८१, आइतबार
               

कोरियाबाट बिरामी तथा गर्भवतीसहित २३६ नेपाली स्वदेश फर्कँदै

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा प्रवेशज्ञा अवधि सकिएर  फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ ।

नेपाली राजदूतावासका अनुसार  असारकाे  पहिलाे हप्तामा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो ।

नेपाल उड्नेहरूको सूचीमा प्रवेशज्ञावधि सकिएका तथा नेपाल फर्कनुपर्ने बाध्यातामा परेका सकेसम्म सबैभन्दा बढी बाध्याता परेकालाई प्राथमिकताका साथ समेटिएको छ ।

तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही प्रवेशाज्ञावधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले बताए ।

यात्रुले टिकटवापत झण्डै ८५ हजार तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टाइन र क्वारेन्टाइनको अवधि  सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ ।

नेपाल उड्ने यात्रुले उड्नुअघि पिसिआर जाँच गराएको र  सबैको रिपोर्ट नेगेटिभको कार्ड राख्नु पर्ने छ । पोजेटिभ आएमा उडान अनुमति नहुने बताइएको छ ।

स्वदेश फर्किन चाहने अन्य यात्रुका हकमा भने अर्को चार्टर्ड विमान कहिले उड्ने वा नउड्ने भन्नेबारे बताइएको छैन । 

यसअघि पटकपटक नेपाल एयरलाइन्सको चार्टर्ड विमान काठमाडौंदेखि कोरिया र कोरियाबाट पुनः काठमाडौं उडाउने भनिए पनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ ।

यससँगै नेपालमा अड्केका नेपाली मजदूर कहिले कोरिया फर्कने भन्ने पनि अन्योल नै छ ।

यो पनि