असोज ०६, २०८१, आइतबार
               

अमेरिकाबाट चार वटा जहाजमार्फत स्वदेश आउँदै नेपाली

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले लकडाउनका कारण अमेरिकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउन चार वटा जहाजको व्यवस्था मिलाएका छन् ।

अमेरिकाबाट नेपाल उड्ने उडान तालिकामा भने हेरफेर भएको छ । राजधानी वासिङ्टन डिसी, न्युयोर्क, सिकागो र डल्लास टेक्ससबाट कतार एयरवेज र टर्किश एअरलाईन्सका चार वटा जहाजको चार वटा उडानबाट नेपालीहरू स्वदेश फर्कन पाउने भएका हुन् ।

नयाँ उडान तालिका वासिङ्टन डिसीस्थित नेपाली दूतावासको वेबसाइटमा प्रकाशित छ ।

दूतावासले जारी गरेको नयाँ प्रेस विज्ञप्ति अनुसार जुन २३ तारिखमा टर्किस एयरलाइन्सले न्यूयोर्कबाट २२:३० बजे र जुन २४ तारिखमा सिकागोबाट उडान भर्नेछ ।

यस्तै जुन २४ मा कतार एयरवेजले वासिंटन डिसीबाट १०:०० बजे र २५ तारिखमा टेक्सस डल्लासबाट १८:१० बजे नेपालका लागि उडान भर्नेछ । दूतावासले दुवै एयरलाइन्सका ट्राभल एजेन्सीहरुसँग सम्पर्क गरी टिकट बुकिङ गर्न भनेको छ ।

दूतावासले नेपाल फर्किने चाहना भएकाहरूले अनलाइनमार्फत फर्म भरेकाहरूको सूची सम्बन्धित विमान कम्पनीलाई उपलब्ध गराइसकेको जनाएको छ । यदि कसैको छुटेको भए दूतावासले जारी गरेको फर्म यथाशक्य भर्न आग्रह गरेको छ । दूतावासले नेपाल फर्किनका लागि सम्बन्धित विमान कम्पनीले तोकेका आधिकारिक एजेन्सीको नम्बरमा सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर समेत राखिदिएको छ ।

हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमति पत्र अर्थात् ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै यात्रुहरूले पिसिआर वा आरडिटी टेस्ट अनिवार्य गरेको हुनुपर्ने छ ।

यस्तै नेपाल फर्किएपछि सरकारले तोकेको स्थानमा अनिवार्य क्वारेनटाइनमा बस्नुपर्नेछ । सरकारले तोकेको भाडा अनुसार अमेरिकाबाट नेपाल फर्किने यात्रुले टर्किस विमान कम्पनीबाट यात्रा गर्दा कर सहित १ हजार ५ सय ३७ अमेरिकी डलर तिर्नुपर्नेछ ।

कतार एयरवेज कम्पनीबाट यात्रा गर्दा कर सहित १६ सय अमेरिकी डलर तिर्नुपर्नेछ ।

अमेरिकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउन व्यवसायी तथा बतास अर्गनाईजेसनका शान्ताराज बतासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

बतासले स्वदेश फर्कनेहरुलाई एकीकृत गर्नेलगायत दूतावासदेखि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन् । 

नयाँ उडान तालिका यस प्रकार छ 

 


 


कस्तो लाग्यो ?

यो पनि