बैशाख २३, २०८१, आइतबार
               

आज देशभर भारी वर्षासहित बाढी-पहिरोको संभावना

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसमबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षासहित बाढी र पहिरोको संभावना रहेको सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, राती देशभर पूर्णतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा  हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि