जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपतिद्वारा संविधान संशोधन विद्येयक प्रमाणीकरण

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपालको संविधानको '(दोस्रो संशोधन) विधेयक २०७७'  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी हुन् । 

सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।

 

यो पनि