मंसिर ०७, २०८१, शुक्रबार
               

सार्न मिल्ने आकाशे पुल काठमाडौंका विभिन्न चोकमा बन्दै
लकडाउनमै धमाधम काम हुँदै

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्न मिल्ने किसिमको आकाशे पुल काठमाडौंका विभिन्न स्थानमा बनाउन लागेको छ । लडाउन पूर्ण रूपमा नखुलिको अवस्थामै काम धमाधम भइरहेको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाले तीन स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माणका लागि प्रक्रिया अघि बढाइसकेको छ ।

काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व, सडक दुर्घटना, ट्राफिक जाम आदि समस्यालाई मध्यनजर गर्दै काठमाडौं महानगरले तीन वर्षभित्र १० वटा आकाशे पुल बनाउने योजना बनाएको छ । चालू आर्थिक वर्षमै काठमाडौंमा तीन वटा आकाशे पुल बनाउने महानगरको योजना भएको सहरी पूर्वाधार विकास विभागले जनाएको छ ।

अहिले भने चाबहिल चोक, जय बागेश्वरी र माइतीघरमा चोकमा पुल निर्माण प्रक्रिया सुरु भइसकेको  छ । बन्न लागेका यी फलामे पुलको चौडाइ दुई मिटरको हुनेछ ।  चाबहिलको पुल निर्माण करिब ४० प्रतिशत काम भइरहेको छ । जनबागेश्वरीमा पनि सुरु भएको छ । २२ मिटर लामो चाबहिल चोक र चाबहिलमा बन्ने पुल यही असार मसान्तभित्र सक्ने गरी कान्छामान निर्माण सेवाले ठेक्का लिएको छ । भने जय बागेश्वरीको पुल रिजेन्सी विल्डर्स प्रालिले बनाउने भएको छ ।

आकासे पुल बनाउन लागिएको ठाउँ चाबहिल चोक

उता माइतीघर चोकमा भने लकडाउन सकिए लगतै काम सुरु हुने महानगरपालिकाले जनाएको छ । कोसी विल्डर्सले निर्माणको ठेक्का लिएको माइतीघरको आकाशे पुलको लम्बाइ १६ मिटरको हुनेछ । यो पुल निर्माणको काम फागुन मसान्तभित्र सक्नुपर्ने सम्झौतामा छ ।

सहरका सबै ठाउँमा आकाशे पुल बनाउन सम्भव नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनले नेपाल फल्याससँंग भने ‘पुल नहुँदा खास गरी मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ, सबै चोकमा पुल बनाउन पनि सम्भव छैन ।’


कस्तो लाग्यो ?

यो पनि