बैशाख १७, २०८१, सोमबार
               

दोस्रो उडानमा साउदीबाट २२६ नेपाली ल्याइँदै

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । साउदी अरबबाट दोस्रो चार्टर्ड उडानमा शनिबार २२६ जना नेपाली ल्याउने भएको छ ।

हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट जुन २० अर्थात् (शनिबार, असार ६ गते) उडान गर्ने भएकाे हाे । यो उडान साउदी अरबबाट हुन लागेको दोस्रो चार्टर्ड उडान हो ।

यो उडानबाट स्वदेश फर्कने नेपालीको सूची नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासद्वारा तयार गरी हिमालय एयरलाइन्सको दमामस्थित कार्यालयमा पठाइएको विज्ञप्ति जारी गर्दै दूतावासले जनाएको छ । 

२२६ जनाको सूचीमा परेका नेपाली यात्रुले कोभिड–१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्नेछ । हवाई भाडा ४६५ अमेरिकी डलर वा १७४४ साउदी रियाल तोकिएको छ । 

प्राथमिकतामा परेका नेपालीले हवाई टिकटका लागि हिमालय एयरलाइन्सको दमामस्थित प्रतिनिधिलाई सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड–१९ परीक्षण गर्न सुझाव दिएको छ ।

यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घण्टाअगावै विमानस्थलमा उपस्थित हुनुपर्ने पनि दूतावासले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि