बैशाख १८, २०८१, मंगलबार
               

पुनः पहिरो खसेपछि सडक अवरुद्ध

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो । 

इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइए पनि पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए । आज बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ । 


कस्तो लाग्यो ?

यो पनि