मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं प्लाजा खाली गर्न निर्देशन

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

सूचना प्रकाशन गर्दै नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले उक्त भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई बुझाउन भनिएको छ ।

ट्रष्टको कार्यालयले सूचना जारी गरेर चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनिएको छ ।

२०६६ पुस २३ गते ती दुई पक्षबीच अद्यावधिक सम्झौता भएको थियो । पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा भएको थियो ।

यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ । नेपाल ट्रष्टको ५६ औँ बैठकको निर्णयले सो खाली गराउन भनेको थियो । बैठक २०७६ वैशाख १९ गते बसेको ट्रष्टकी उपसचिव चामिला भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि