काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ ।
नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई बुझाउन भनिएको छ ।
ट्रष्टको कार्यालयले सूचना जारी गरेर चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ । काठमाडौं प्लाजा (भवन) कमलादीमा छ ।
२०६६ पुष २३ गते यी दुई पक्षविच अद्यावधिक सम्झौता भएको थियो । पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा भएको थियो ।
यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ । नेपाल ट्रष्टको ५६ औं बैठकको निर्णयले सो खाली गराउन भनेको थियो ।