मंसिर ०७, २०८१, शुक्रबार
               

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

चितवन । पहिरोको कारण नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । बुधबार बिहान इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा पहिरो खसेपछि  यो सडक पूर्णरुपमा बन्द भएको हो ।

रातिको वर्षाका कारण पहिरो गएको र अहिले पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।

पहिरो खसिरहेको कारण बाटो सफा गर्न कठिनाइ भएको छ । त्यो ठाउँ अत्याधिक पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । त्यहाँ पहिरो नियन्त्रणको काम भइरहेको छ ।  बाटो बन्द भएपछि सवारी साधनहरुलाई दासढुङ्गा र मुग्लिन बजारमा रोकिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि