बैशाख २५, २०८१, मंगलबार
               

नारायणीमा २३ वर्षीय युवकको शव फेला

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

नवलपरासीको गैंडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ । 

नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैंडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताए । 

उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ । 

शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको थापाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि