जेठ ०६, २०८१, आइतबार
               

३६ जना एसपीकाे सरुवा

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा भएको छ ।

 नेपाल प्रहरीको सोमबार निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको हो । सरुवामा १५ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

कास्की, पाल्पा,  मोरङ,  सुर्खेत लागत जिल्लाका प्रहरी प्रमुख एसपीहरु सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार कास्कीमा एसपी जीवनकुमार श्रेष्ठलाई पठाइएको छ। त्यस्तै एसपी सन्तोष खड्कालाई मोरङ जिल्लाको जिम्मेबारी दिइएको छ। 

त्यस्तै इलाममा नवीनकुमार राई, भक्तपुरमा तारादेवी थापा, तनहुँमा अरुण पौडेल, सिराहामा उमाशंकर पञ्जियार, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, महोत्तरीमा टिकाबहादुर केसी, पाल्पामा दिपकराज खरेल, कपिलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिम प्रसाद दाहाल, सुर्खेतमा राजेन्द्र प्रसाद भट्ट र गोरखामा सुरेन्द्रबहादुर गुरुङको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि