बैशाख २१, २०८१, शुक्रबार
               

पशुपतिमा सरसफाई सुविधा निर्माण गर्न भारतद्वारा तीन करोड सहयोग

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारत सरकारले तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी वा पहिले एसडीपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइनेछ ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पीएडीटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो ।

यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्नेछ ।

सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत ठेकेदारको पहिचान गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि