जेठ ०७, २०८१, सोमबार
               

लकडाउन खुल्यो भन्दै तपाईं आफ्नो बाइक वा कारमा बाहिर निस्किँदै हुनुहुन्छ ? पर्नुहोला प्रहरी फन्दामा

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुकुलो बनाइएसँगै काठमाडौंमा सवारीसाधनको चाप बढ्न थालेको छ । आजदेखि सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू भएको छ ।

यसअघि सवारीसाधानमा जोर विजोर लागू गर्नेबार गृहमन्त्रालय र ट्राफिक प्रहरीबीच विवाद थियो । गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएसँगै मोटरसाइकल र स्कुटरलाई पनि जोर विजोर प्रणालीको नियम लागू भएको हो ।

यति मात्रै हैन एउटै बाइकमा दुईजना  तथा एउटै कारमा दुईजना भन्दा बढी चढे पनि कारबाहीमा पर्नेछन् । 

आज १ गते विजोर दिन परेकाले विजोर नम्बरका सवारी चलिरहेका छन् । उपत्यकामा सुरक्षाकर्मी झन् सक्रिय भएका छन् । नयाँ बानेश्वर, सिंहदरबार, त्रिपुरेश्वर, हनुमानथान, थापाथली, टेकु, दरबारमार्गलगायत मुख्य-मुख्य चोकमा प्रहरीले चेकिङ गरिरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि