प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी अन्त्य नभएर केही खुकुलो भएको बताएका छन् । वैकल्पिक शिक्षा प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खुकुलो गरिएको बन्दाबन्दीमा सचेत रहन आग्रह गरे।
“लकडाउन सकिएको होइन, केही खुकुलो भएको हो । तर, मनखुशी चल्ने गरेमा आफूसँगै परिवार र समाजमा समस्या आउँछ”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले रेडियो, टेलिभिजन, अनलाइन र अफलाइनमार्फत् कक्षा सुरु गरिने बताए । माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको र शिक्षण प्रणालीमा समेत महामारीकै कारण नयाँ अभ्यास सुरु भएको बताए ।