बैशाख २३, २०८१, आइतबार
               

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा आज पूर्वी भू–भागबाट मनसुनी वायु र पश्चिमी भू–भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ ।

यसैगरी, हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र  साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । महाशाखाका अनुसार सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ । 

यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यता, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ । 

त्यस्तै, राति प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि