जेठ ०६, २०८१, आइतबार
               

भोलिदेखि सपिङ मल खोल्ने व्यवसायीको निर्णय

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मल खोल्ने निर्णय गरेका छन् । सरकारले सपिङ मलहरु तत्काल नखुलाउने निर्णय गरे पनि व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्या बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका हुन् ।

आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, सिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरु सञ्चालन गर्ने तयारी गरिएको व्यवसायीहरुले जानकारी दिएका छन् ।

लकडाउन लम्बिँदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरुले मलहरु सञ्चालन गर्न लागेका हुन् ।

जनस्वास्थ्यको जोखिम भएको अवस्थामा काममा फर्कनुपर्ने रहर नभई बाच्नको लागि सपिङ मल खुला गर्नुको विकल्प नभएको बताएका छन् । उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङ मल सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड-१९ बाट बच्न स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि