जेठ ०६, २०८१, आइतबार
               

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

आइतबार एक विज्ञप्ति प्रकाशित गरी उनले अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

'पहिरोमा परी बेपत्ता भएकाहरू सकुशल फेला पर्ने अपेक्षासहित खोजी र उद्धारकार्यमा निरन्तर जुटिरहनुभएका सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । वर्षाको समयमा जुनसुकै बेला पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई मध्ययनजर गर्दै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउन आम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु', प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

घरभन्दा लगभग ३०० मिटर माथिबाट आएको पहिरोमा पुरिएका दुई घरका नौमध्ये छ जनाको शव भेटिएको छ भने तीन अझै बेपत्ता रहेका जनाइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि