असोज ०६, २०८१, आइतबार
               

‘कक्षा ११ को परीक्षा लिनैपर्ने कानुनी प्रावधान छैन’

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षामन्त्री गिरिजाप्रसाद पोखरेलले लकडाउनका बेला विद्यार्थी र अभिभावकलाई परेको अन्योलताबारे आफू गम्भीर रहेको बताएका छन् । 

सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढिरहेका बेला मन्त्री पोखरेलले यस्तो बताएका हुन् । 

तर, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल विद्यालय तहको अन्तिम परीक्षा भएकाले अनुकुलता मिलाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने बताउँछन् । 

तर, शिक्षाविद् डा. विद्यानाथ कोइराला कक्षा ११ को वार्षिक परीक्षा केन्द्रले लिनु कानुनी रुपमा गलत भएको बताउँछन् । 

‘यस्तो माहामारीका बेला कानूनमै व्यवस्था नभएको परीक्षा लिन मरिहत्ते नगर्नु नै उचित हो,’ उनले भने । 

साथै, उनले कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताए । 

शिक्षा ऐनमा कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनुपर्ने बाध्यकारी व्यवस्था छैन । 

त्यसको अर्थ हो कक्षा ११ को परीक्षा विद्यालय आफैँले लिन सक्दछ । त्यसका लागि ऐन परिवर्तन गर्नु पनि पर्दैन ।

शिक्षा मन्त्रालयका एक सहसचिव कोरोना महामारी कम भएन भने ११ कक्षाको परीक्षा नहुन सक्ने बताउँछन् । 

यो पनि