जेठ ०२, २०८१, बुधबार
               

लकडाउनमा तेल ट्यांकरबाट मदिरा निकासी गर्ने दुई पक्राउ

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

तेल ट्यांकरबाट मदिरा निकासी गर्ने दुईजना पक्राउ परेका छन् । भारततर्फ जाने क्रममा बुधबार बिहान ना‍.२ख ७३७५ नम्बरको ट्यांकरमा चोरी निकासी गर्न विभिन्न ब्राण्डको मदिरा लोड गरी भारत लाँदै गरेको तेल ट्यांकरसहित चालक र सहचालक पनि मदिरासहित पर्सामा पक्राउ परेका हुन् ।

नेपाल भारत दुवैतर्फ लकडाउन चलिरहेको यो बेलामा नेपाल भारत दुवै देशको सीमामा आम मानिसका लागि सहज आवागमन छैन । तर, पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरहरुको लागि अत्यावश्यकीय पदार्थ ढुवानी गर्न छुट छ।

अवैध कारोवारीले त्यसैलाई प्रयोग गरी आफ्नो कारोवार सहज ढंगले गर्दै आएको तथ्य सार्वजनिक भएको हो । पेट्रोलियम पदार्थ बोक्ने सवारी मात्र सीमामा वारपार गर्दै अत्यावश्यक वस्तुअन्तर्गत पेट्रोलियम पदार्थको ढुवानीमा रोक नलगाउने भनिएको छ। त्यसैले नेपालबाट तेल ट्यांकरहरु नेपाल भारतको सीमा पार गरी रक्सौलको तेल डिपो सम्म जाने आउने गरेका छन्।  

पक्राउ पर्ने तेल ट्यांकरकाचालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका १६ का ४७ बर्षीय सन्दिप थिङ्ग र वडा नम्बर २१ बस्ने २२ बर्षीय राधे बुढाथोकी रहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

उनीहरुले विभिन्न ब्राण्डको मदिरा ट्यांकरको भित्र लुकाई चोरी निकासी गर्दै भारत तर्फ लाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोकबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले सार्वजनिक गरेको हो।    

विभिन्न चार किसिमका मदिरा चोरी निकासी अभियुक्तहरुले ना२ख ७३७५ नम्बरको ट्यांकरमा गोल्डन ओक क्वाटर बोत्तल ४८ थान, नेपाल आइस वियर ( क्यान ) बोत्तल २४ थान, सिग्नेचर क्वाटर ३३ थान र ८८४८ भोड्का क्वाटर २८ थान मदिरा चोरी निकासी गरी भारत तर्फ लाँदै थिए पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले भने । 


कस्तो लाग्यो ?

यो पनि