असोज ०६, २०८१, आइतबार
               

सरिता गिरीलाई तुरुन्तै कारबाही गर्न तरुण दलको माग

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

नेपाल तरुण दलले सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न सरकारसँग माग गरेको हो ।

सांसद गिरीले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तरुण दलले राष्ट्रघाती अभिव्यत्ति दिने सांसदलाइ तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको हो ।

लिम्पियाधुरा नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको तरुण दलको ठहर छ ।

तरुण दलले सांसद गिरीलाई उक्त अभिव्यक्ति सच्याउन पनि माग गरेको छ । तरुण दलले राष्ट्रघाती अभिव्यक्ति दिने सांसद गिरीलाई कारबाहीको प्रक्रिया सुरु गर्नुको साटो सरकार मौन बसेको विषयमा पनि आपत्ति जनाएको छ ।

‘केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असह्य भएको छ ।

उक्त राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गर्दछ’, तरुण दलको विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि