असोज ०६, २०८१, आइतबार
               

'लकडाउन मोडालिटी'बारे निर्णय गर्न मन्त्रिपरिषद‍् बैठक बस्दै

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा जारी लकडाउनको मोडालिटी परिवर्तन लगायतको विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

संसद बैठक लम्बिएका कारण मंगलबार स्थगित भएपछि आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

कोरोना भाइरस रोकथाम उच्चस्तरीय समिति र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले लकडाउन खुकुलो बनाउने बारेको छुट्टाछुट्टै रणनीति मन्त्रिपरिषिदमा पेस गरेका छन् ।

उनीहरुले कोरोना संक्रमणको अवस्थाका आधारमा स्थान विशेष लकडाउनको शैली परिवर्तन गर्नेबारेमा प्रतिवेदन बुझाएका हुन् । आजको बैठकमा यसबारे छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ । 

गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण जनजीवन, व्यापार व्यवसायमा प्रभाव परेपछि लकडाउनको शैली परिवर्तन सरकारमाथि चर्को दवाव परेको छ । 


कस्तो लाग्यो ?

यो पनि