असोज ०६, २०८१, आइतबार
               

भारतबाट उद्धार गरिएका नागरिक बोकेको टिपर कर्णालीमा खस्यो

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

कालीकोट । लकडाउनका कारण भारतमा रोकिएका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउँदै गरेको एक टिपर कालीकोटमा दुर्घटना भएको छ ।

ना८ख ५१३३ नम्बरको टिपर बुधबार कर्णाली नदीमा खसेको हो । कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिपर नदीमा खसेको स्थानीयले बताएका छन् । टिपरमा ३५ भन्दा बढी सवार रहेको बताइएको छ ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको र चार जना भन्दा बढी घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए । ३० भन्दा बढी वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।

भारतबाट उद्धार गरेर ल्याइएको नागरिकहरुलाई कालीकोटको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनतर्फ लैजादै थिइयो ।

घटनाको थप विवरण आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि