असोज ०६, २०८१, आइतबार
               

लकडाउनमा पनि विकास निर्माण जारी

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

मनाङ । बन्दाबन्दी (लकडाउन) कै समयमा पनि मनाङमा विकास निर्माणका काम धमाधम भइरहेको छ ।

बन्दाबन्दीमै पर्यटन पदमार्गदेखि स्वास्थ्यचौकी भवनसम्मको निर्माण कार्य भइरहेको छ । बन्दाबन्दीमा बाहिरी जिल्लाका मजदुर आउन समस्या भए पनि स्थानीय युवा परिचालन गरी विकास निर्माणका काम भइरहेको छ । 

मनाङ प्रवेश नाका नासों गाउँपालिका–१ ताल हुँदै वडा २ नाँचेगाउँसम्म पदमार्ग निर्माणको काम चलिरहेको वडा १ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए। वडा १ बाट शुरु भएको विकास निर्माणका काम अन्य वडासम्म पुग्ने अध्यक्ष गुरुङले बताए । 

उहाँका अनुसार पार्क निर्माण, ताम्राङ पुलदेखि वडा ६ र ७ सम्म जोड्दै पदमार्ग भीमताङसम्म चार हजार मिटर उचाइमा रहेको ड्रोनाताल जोड्ने पदमार्गमा रेलिङ निर्माणको काम भइरहेको वडा २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए। अन्य वडामा पनि कामले तीव्रता पाइरहेको छ ।

गाउँपालिकाका सबै वडामा आवश्यक योजना निर्माण र उपभोक्ता समितिको मातहतमा काम भएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए। उनका अनुसार मनाङ पर्यटकीयस्थल भएकाले पनि बन्दाबन्दीको समयमा पदमार्ग निर्माण गर्न सहज भएको छ । 

मनाङमा विभिन्न विकास निर्माणका काम बन्दाबन्दीको समयमा तयार गर्न नसके पर्यटक भित्रिने समयमा समस्या हुने अवस्थालाई मध्यनजर गर्दै विकास निर्माणका कामलाई तीव्रता दिएको अध्यक्ष घलेको भनाइ छ ।

विकास निर्माणकै समयमा पदमार्गलगायत काम बनाउँदा भविष्यलाई समेत टेवा पुग्ने भएपछि धमाधम निर्माणको काम गरिएको घलेको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि