असोज ०६, २०८१, आइतबार
               

न्युरोड क्षेत्रमा प्रहरीले पसल बन्द गराउन खोजेपछि झन्डै कुटाकुट

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रहरीले  लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्र तनावग्रस्त बनेको छ । 

मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दबाब दिएपछि तनाव भएको बताए । 

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् । 

तनावपछि व्यापारी र प्रहरीबीच भएको छलफलका क्रममा दुई दिनसम्म पसल बन्द गर्ने र त्यसपछि समझदारीका आधारमा अघि बढ्ने सहमति भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि