असोज ०६, २०८१, आइतबार
               

विद्यार्थीमा अब अन्योलता धेरै दिन रहँदैन: शिक्षा मन्त्री

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीमा परीक्षाको अन्योलता धेरै दिन नरहने बताएका छन् ।

उनले भने, 'परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’

कोरनोका कारण स्थगित कक्षा १०, ११ र १२ तथा उच्च शिक्षाका विभिन्न तहको परीक्षा हुन नसकिरहेको अवस्थामा मंगलबार पोखरेलले यस्तो बताएका हुन् । 

उनले पहिलो समेस्टर सकी बसेकाहरुलाई परीक्षा नलिई अर्को सेमेस्टर पढ्न दिनेलगायत तयारी भइरहेको छलफलमा उनले बताएका छन् । 

‘शैक्षिक क्षेत्र क्षति हुन नदिन अन्तिम गृहकार्य छ’ उनले भने, परम्परागत शिक्षाको मोडललाई परिवर्तन गर्ने गरी सोचिरहेको र त्यो अवसर कोभिड–१९ ले दिएको छ ।’

लकडाउनका कारण विद्यार्थीको स्वअध्ययन र बुझाइबाट शिक्षा लिने बानीको विकास भएको,  सिकाइमा केन्द्रित हुँदा शिक्षक, पुस्तक इन्टरनेट, मिडिया आदिको प्रयोगका विषयमा नयाँ ढङ्गले सोच्ने र व्यवहारमा उतार्ने बानीको विकास भएको बताउँदै उनले विद्यार्थी घर परिवारलाई लघु विद्यालय बनाउन सफल भएको बताए । 

त्यस्तै उनले लकडाउनले खुला र दूर शिक्षामा जान प्रेरित गरेको पनि बताए ।

उनले भने, ‘विद्यार्थीले लकडाउनलले शिक्षा क्षेत्रमा सूचना र प्रविधिको प्रयोग तथा ज्ञान हस्तान्तरण गर्ने विद्यमान शिक्षा पद्धतिको रुपान्तरण गरी ज्ञान निर्माणमा केन्द्रित गरेको छ ।’

साथै, उनले शिक्षा मन्त्रालयले ज्ञान निर्माणमा केन्द्रित भई रेडियो टेलिभिजन, होम स्कुललिङको तयारी गरेको, र त्यसलाई कार्यान्वयन गर्न तीनै तहको सरकारलाई अनुरोध गरिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि