जेठ ०५, २०८१, शनिबार
               

लकडाउन अवधिमा १ हजार १०५ जनाले गरे आत्महत्या

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालभर लकडाउनकाे अवधिमा ११ सय बढीले आत्महत्या गरेका छन्  ।

नेपाल प्रहरीकाे तथ्यांकअनुसार चैत ११ गतेदेखि जेठ १७ गतेसम्मको अवधिमा १ हजार १०५ जनाले आत्महत्या गरेका हुन् ।

नेपाल प्रहरीका अनुसार प्रदेश १ मा  १८६ जना, प्रदेश २ मा १५२ जना, बागमती प्रदेशमा २३१ जनाले आत्महत्या गरेका छन् । 

गण्डकी प्रदेशमा १२१ जना, प्रदेश–५ मा दुई सय ४२ जना, कर्णाली प्रदेशमा ५८ जना र सुदूरपस्चिममा ११५ जनाले आत्महत्या गरेका नेपाल प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि