जेठ ०७, २०८१, सोमबार
               

महोत्तरीको क्वारेन्टाइनबाट ४० जना फरार

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट ४० जना फरार भएका छन् ।

भारतका विभिन्न सहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेका स्रोतले जनाएको हो ।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकीमा दिइसकिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि