बैशाख १६, २०८१, आइतबार
               

छुट्टीमा आएका नेपाली अगष्ट १ देखि कतार फर्कन पाउने

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । बतारबाट छुट्टीमा आएका नेपाली कामदार अगष्ट १ तारिखदेखि पुनः कतार फर्कन पाउने भएका छन् । कतारले कोरोना संक्रमणको जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगाउँदै आएको प्रतिबन्ध क्रमिक रुपमा चार चरणमा हटाउने भएको छ ।

चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि विशेष सावधानी अपनाउँदै सेप्टेम्बर १ तारिखदेखि सबै प्रतिबन्ध हटाउने विपद व्यावस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले जानकारी दिइन् ।

पहिलो चरणमा जुन १५ देखि केही मस्जिद, सपिङ सेन्टर, पार्कहरु,निजी स्वास्थ्य संस्थाहरु खोलिनेछ । दोश्रो चरणमा जुलाई १ तारिखदेखि सीमित घण्टाको लागि महलहरू खोलिनेछ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जानेछन् ।

कम क्षमताको साथ सिमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि संग्रहालय र पुस्तकालयहरू खोलिने छन् ।तेश्रो चरण, अगष्ट १ तारिखदेखि विमानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौंडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने भएको छ ।

यससँगै कोराना भाइरस संक्रामण कम भएका देशहरुबाट छुट्टीमा रहेका कामदारहरु कतार फर्किन पाउने छन् । तर फर्केकाहरु १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि