मंसिर ०७, २०८१, शुक्रबार
               

पूर्वसभामुख महराले लकडाउनमा जुत्ता लगाएर हलो जोते

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

रोल्पा । सत्तारुढ दल नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा हलो जोतेको अबस्थामा भेटिएका छन् । चिटिक्कको राम्रो जुत्ता लगाएर हलो जोतिरहेको फोटो सार्बजनिक भएको छ। झ्वाट्ट हेर्दा उनी होइनन् जस्तो देखिन्छ। तर, कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आप्नो पुर्खाैली घर रोल्पामा पुगेका महराले हलो जोतेको तस्बिर सार्वजनिक भएको हो ।

गृहजिल्ला पुगेर सामान्य व्यक्ति सरह उनले दैनिकी चलाइरहेका छन् । हाल उनी आफ्नै बारीमा हलो जोत्दै गरेको भेटिन्छन् । ‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खाैली घर आएका छौं ।’

‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए। ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।


कस्तो लाग्यो ?

यो पनि