असोज ०६, २०८१, आइतबार
               

मेलम्ची उद्घाटनको मिति छिटै तोक्छौं : मन्त्री बीना मगर

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने परियोजनाको उद्घाटन मिति छिट्टै तोकिने जानकारी दिएकी छन् । संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ उनले त्यसको तयारीमा सरकार लागेको बताइन् ।

 ‘दुई दशकदेखि सधैं उठिरहने प्रश्नमध्ये मेलम्ची आयोजना पनि हो । यसको भौतिक काम आगामी आर्थिक वर्ष भित्र सकिनेछ,’ मन्त्री मगरले भनिन्, ‘वितरणको काम व्यवस्थित ढंगले अघि बढाइनेछ । मेलम्ची खानेपानीका विषयमा उठ्ने गरेका प्रश्नहरूको बीट मार्ने बेला भइसकेको छ । मेलम्चीले उब्जाएका निरासाको पनि बीट मार्ने बेला भएको छ ।’ 

मन्त्री मगरले नेपालमा खानेपानीको समस्या तत्कालको नभएको बताउदै बरु सरकारले तत्काल र दीर्घकालिन योजना बनाएर समस्या समाधानका लागि लागिपरेको बताइन् । समस्या अहिलेको मात्र नभइकन पहिल्यैदेखिको रहेको बताउदै उनले काठमाडौ उपत्यकामा मेलम्ची परियोजनाले भ्याउने जतिमा मेलम्चीको बाँकी स्थानमा अहिले काठमाडौंमा चालु रहेका मुहानको पानी पुर्‍याउने उनले बताइन् । 


कस्तो लाग्यो ?

यो पनि